चोयाका पोशाक बनाउने सिपले दिलायो मनग्य आम्दानी

म्याग्दी : मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले चोयाका पोशाक बनाएर जीविकोपार्जन गर्दै आएका छन्। पर्तेलले दुई वर्षयता जंगलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर टोपी, कोट, इस्टकोट, पाइन्ट, जुत्ता, झोला, मनिब्याग लगायत पोशाक बनाउँछन्। यसरी बनाएका पोशाक बिक्री गर्छन्। यसका लागि उनी ती पोशाक आफैँ लगाएर गाउँघर तथा शहरबजार पुग्छन्। ‘मेरो आम्दानीको स्रोत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु’, उनी भन्छन्