पोखरामा साइकल दौड र र्याली हुने

पोखरामा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधवार दोस्रो मेयर कप हुन लागेको हो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही,