मोदीको पुत्ला जलाइएकोमा गृह मन्त्रालयको आपत्ति, मित्रराष्ट्रको स्वाभिमानमा आँच आउने काम नगर्न चेतावनी

गृह मन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी जुलुस प्रदर्शन गर्ने र पुत्ला जलाउने जस्ता क्रियाकलापप्रति आपत्ति जनाएको छ ।  मन्त्रालयले आइतवार एक विज्ञप्ति प्रकाशित गरी मित्रराष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सचेत गराएको हो ।  दार्चुला घटनालाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टीको भातृ संगठनले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो ।  ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराब...