राष्ट्रिय औषधि नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई

सरकारले जनताको हित र राष्ट्रको स्वार्थ केन्द्रमा राखेर तर्जुमा गर्नुपर्ने नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिएको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय औषधि नीतिको मस्यौदाको जिम्मा नेपालस्थित अमेरिकी गैरसरकारी संस्था मेडिसिन्स, टेक्नोलोजिज एन्ड फर्मास्युटिकल सर्भिसेस् (एमट्याप्स) लाई दिएको हो ।