ललितपुर महानगरले नगरप्रहरी सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नु भएको हो । सूचना केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो । […]