कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कञ्चनपुरमा निषेधाज्ञा लागू भएको दुई साता पुग्यो । स्थानीय प्रशासनले सातामा तीन दिन बिहान ३ घण्टा मात्रै तरकारी तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु किनमेलको समय तोकेको छ । तर यही खुला अवधिमा हुने अनियन्त्रित भीडले संक्रमणको जोखिम झनै बढाएको छ ।