धुर्मुस–सुन्तली फाउण्डेसनले आज सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ । एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।