स्ववियु चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले उपकुलपति प्राडा.धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै स्ववियु चुनावको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न माग गरेको हो । सबैभन्दा पुरानो प्रतिष्ठित विश्वविद्यालयलाई समयानुकूल थप गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाउँदै लानुपर्ने आजको आवश्यकता रहेको अखिल क्रान्तिकारीको भनाई छ