मौद्रिक नीतिमा पूर्व अर्थमन्त्रीहरूको सुझाव : बैङ्कहरू मोटाउने, जनता गरिब हुने परिपाटी अन्त्य गरौँ

 पूर्व अर्थमन्त्रीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीहरू डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गरेका हुन् । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष समेत रहनु भएका भट्टराईले कर्जाको अभावमा अघि बढ