अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर