दुई महिनामा ८०५ वटा विपद्का घटना, ८२ जनाको मृत्यु

काठमाडौं : वैशाखयता विपदका घटनामा ८२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ देखि बुधबारसम्म ८०५ वटा विपद्का घटना भएका छन्।सबै भन्दा बढी चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ। त्यस्तै वन्यजन्तुको आक्रमणबाट १२, पहिरोमा परेर १०, आगलागीबाट १९ र हावाहुरीको कारण आठजनाको मृत्यु भएको छ।प्राधिकरणका अनुसार सर्पदंशबाट ३ र बाढीका कारण दुईजनाको मृत्यु भएको छ। यी घटनामा १८७ जना घाइते भएका छन् भने एक हजार ६९ परिवार प्रभावित भएका छन्

सम्बन्धित सामग्री

२४ घण्टामा विपद्का घटनाबाट २ जनाको मृत्यु

काठमाडौँ- बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा १५ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। साथै छ वटा चौपाया क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो घटनाबाट १५ लाख ९१ हजार रुपैयाँ बराबरको […]