सुदूरपश्चिममा जसपाका दुई सांसद, को कता?

धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हा