हवाई दुर्घटना जाँच आयोगका रिपोर्ट अघिल्लो रिपोर्टका फोटोकपी जस्ता

हरेक वर्ष एक वा बढी हवाई दुर्घटना हुने नेपालमा छानबिन आयोग त बन्छन्, तर अक्सर उस्तै किसिमका निष्कर्ष सहित रिपोर्ट लेखिन्छन् ।

सम्बन्धित सामग्री

तारा एयरको जहाज दुर्घटनाको विषय छानविन गर्न जांचबुझ आयोग गठन

सरकारले तारा एयरको जहाज दुर्घटनाको विषय छानविन गर्न जांचबुझ आयोग गठन गरेको छ । संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको अध्यक्षमा वरिष्ठ एरोनटिकल इन्जिनयर रतिश चन्द्र लाल सुमन रहेका छन् । त्यस्तै अनुसन्धानकर्ता सदस्यहरुमा  क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य, र मन्त्रालयका सहसचिव  वुद्धिसागर लामिछाने रहेका छन् । मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ तथा गैर सैनिक हवाई(दुर्घटना जाँच) नियमावली, २०७१ वमोजिम घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गैर सैनिक हवाई(दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ११ वमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन दुर्घटना जाँच इन्चार्ज रहने गरी जाँच आयोग गठन गरेको जनाएको हो।   २०७९ जेठ १५ गते तदनुसार २९ मे २०२२ आईतवारका दिन पोखराबाट जोमसोम तर्फ उडानमा रहेको तारा एयर प्रा.लि.को 9N-AET कल साइन भएको ट्वीनअटर वायुयान अन्तिमपटक जोमसोम टावरसंग १०:११ बजे सम्पर्क भएपश्चात सम्पर्कविहिन भएको थियो। आज २०७९ जेठ १६ गते विहान उक्त वायुयान मुस्ताङ्ग जिल्लाको थासाङ्ग गाउँपालिका वडा नं. २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।