१७ साउन, काठमाडौं । यो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ । सम्भवतः ४ मंसिर २०७९ मा चुनाव घोषणा हुनेछ । चुनाव घोषणापछि प्रतिनिधिसभा के हुन्छ भन्ने प्रश्नमा भने फरक-फरक मत आइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको एक भेटमा प्रतिनिधिसभाको कार्यकालबारे कुराकानी भएको थियो । […]