अस्थिर पद 'प्रदेश प्रमुख'

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।  गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक