नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई ७–६(७–०), ५–७ र ६–४ ले पराजित गर्दै विश्व नम्बर ४ नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । नाडालले सेमिफाइनलमा आफ्नो देशका कार्लोस अल्काराज र ग्रेट ब्रिटेनका क्यामरुन नोरीबीचको क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।