तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन विस्तार कार्य तीव्र

चैत १४, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० ओटा टावर निर्माण गरिसकेको छ ।  दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ ओटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो ।  आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।   आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए ।  सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करीब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।’ केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।  कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रू. ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रू. १५ करोड रहेको छ ।  जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले रू. १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रू. आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रू. आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वन मन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको […]

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ३९ प्रतिशत

तनहुँ : जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ। आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ। आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए। कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ। हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन ज

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली, २५ वैशाख । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । […]

१४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजना : बाँध जाने सुरुङ खन्ने काम पूरा

जेठ २२, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट(मेवा) क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध जाने पहुँच सुरुङ पूरा भएको छ । काम शुरु गरेको चार महीनामा बाँध जाने पहुँच सुरुङको काम शुक्रवार पूरा भएको हो । सडक पुर्‍याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ खनेको आयोजना प्रमुख अच्युत रेग्मीले जानकारी दिए । उनका अनुसार ३१४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।             आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाइ भएपछि प्याकेज २ अन्तर्गतको सिनो हाइड्रो कम्पनीले उक्त सुरुङ खन्ने काम पूरा गरेको हो ।  पहुँच सुरुङ सम्पन्न भएपछि पानी पठाउने मुख्य सुरुङ जान पनि सहज हुने भएको छ ।             राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तनहुँ जलविद्युत् आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि सञ्चालन भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले बताएको छ ।            आयोजनाको तीन ओटै प्याकेजका कामलाई निरन्तरता दिइएको छ । केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।            घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए। आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोडमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।            आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एशियाली विकास बैंक ९एडिबी० को खरीद निर्देशिकाअनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।            प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी ३७० जना परिचालित छन् । प्याकेज २ को कामका लागि २५० जना श्रमिक क्याम्पभित्रै छन् ।            प्याकेज २ अन्तर्गत सात ओटा भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेजअन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।             प्याकेज ३ अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रसारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । तेइस ओटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र १० ठाउँमा काम शुरु भइरहेको छ । रासस

तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।