इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु

काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको बताइएको छ।मुस्लिम समुदायले यो पर्वमा एक महिनाभर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डरअनुसार बिहान सवा ४ बजेदेखि बेलुकी ६ बजे २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।रोजा बस्नेले बिहान तोकिएको समय अगावै र बेलुकी तोकिएको समयपछि आहार लिने गर्दछन्।