सेनाको सांगठनिक संरचना परिवर्तन

काठमाडौं, साउन १ । साउन १ गतेदेखि नेपाली सेनाको सांगठनिक स्वरुप परिवर्तन भएको छ । परिवर्तन गरिएको सांगठनिक स्वरुप अनुसार अब नेपाली सेना ३ प्लस १ को कमाण्ड संरचनामा गएको छ । जस अनुसार नेपाली सेनामा चार वटा कमान्ड हेडक्वार्टर रहने छन् । पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका कमाण्ड गरी चार वटा […]

सम्बन्धित सामग्री

सेनाको कमान्ड संरचना कति प्रभावकारी ?

नेपाली सेनाले एक वर्षअघि लागू गरेको ‘थ्री प्लस वान’ (तीन जोड एक) कमान्ड संरचनाको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । छिटोछिटो संरचना परिवर्तन गरिएको र नेतृत्व पनि फेरिएको हुनाले कमान्ड संरचना कार्यान्वयनमा कठिनाइ भएको हो ।

संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ: प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन्।

नेपाली सेनामा सुरु भयो ‘तीन जोड एक’ कमाण्ड

काठमाडौं। नेपाली सेनाले आफ्नो सांगठनिक संरचना परिवर्तन गर्दै ‘तीन जोड एक’ कमाण्डमा गएको छ। उक्त सांगठनिक पुर्नसंरचनालाई सेनाले शुक्रबारबाट कार्यान्वयनमा ल्याएको हो। २०७८ असार २४गतेको मन्त्रिपरिषदको बैठकले ‘नेपाली सेनाको सांगठनिक पुर्नसंरचना२०७७÷७८’ स्वीकृत गरेको थियो। त्यसअघि२०७७फागुन२०गते सरकारले सेनाको ‘तीन जोड एक’ संरचना स्वीकृत गरेको थियो। तीन जोड एक संरचना आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड झण्डा सम्बन्धित कमाण्डका सेनापतिलाई हस्तान्तरण गरेका छन्।

अब यस्तो हुनेछ नेपाली सेनाको संरचना

नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो। सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा…