विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारु गरेको छ । मन्त्रालयले प्रदेश मातहतका १४ वटै पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै पहिलो चरणमा अधिकांश योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हो । हाल रोकिएका कार्यक्रम तथा आयोजनाहरू दुई […]
काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् । आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दुवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका […]
चितवन। लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले देवघाट क्षेत्र जलमग्न भएपछि मारवाडी सेवा समितिद्वारा सञ्चालित वृद्धाश्रममा फसेका पाँच जना वृद्धवृद्धाको नेपाली सेनाले उद्धार गरेको छ। नारायणी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि देवघाट क्षेत्रमा बाढीको जोखिम उच्च बनेको थियो। नदी किनार आसपासका क्षेत्रमा पानी पस्न थालेपछि वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको सुरक्षालाई लिएर चिन्ता बढेको […]
दमौली (तनहुँ), ११ असोज । केही दिनदेखि परेको वर्षाका कारण तनहुँका १८ घरमा क्षति पुगेको छ । वर्षाका कारण घरहरू भत्किएका छन् भने कतिपय घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् । म्याग्दे गाउँपालिका-२ जामुनेमा अविरल वर्षाका कारण बगरसहितको लेदो बस्तीमा खसेर स्थानीय खिमादेवी विकको दुईतले पक्की घरमा क्षति पुगेको छ । आज बिहान घरमाथिको […]