यूरो २०२० मा चाइनिज प्रायोजक बढी

एजेन्सी। ‘यूरो कप २०२०’ को प्रायोजन गर्ने होडमा ठूला चाइनिज प्रविधि कम्पनीहरु अगाडी देखिएका छन्। यूरोलाई चीनको टिकटक, भिभो, अलीपे र हिसेन्स लगायत कम्पनीले प्रायोजन गरेका छन्। तर अमेरिकी प्रविधि कम्पनी फेसबुक, गुगल र एप्पल जस्ता कम्पनी भने यो होडमा देखिएका छैनन्। बीबीसीका अनुसार २०१६ को यूरो कपमा चीनको हिसेन्स कम्पनीले मात्र प्रयोजन गरेको थियो।