एमालेमा ट्वीस्ट : खोटाङमा ‘एम अधिकारी’ पार्टी सदस्य नै छैनन् !

काठमाडौं : नेकपा (एमाले) ले अर्थ तथा योजना विभागमा सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेको छ। खोटाङका एमाले सांसद समेत रहेका  संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एम अधिकारी भन्ने मान्छे आफ्नो जिल्लामा नभएको दाबी गरेका हुन्। हाल खोटाङमै रहेका उनले भने, ‘महाप्रसाद अधिकारी भनेर जोडेको कुरामा सत्यता छैन। उहाँ पार्टीमा भएजस्तो लाग्दैन। खोटाङमा ८ हजार सदस्यता छन्। त्यसमा उहाँको नाम नै छैन। जुन मान्छे पार्टी सदस्य छैन। त्यसलाई

सम्बन्धित सामग्री

पुराना पार्टी सदस्य घट्छन्, नयाँ थपिन्छन् : एमाले सचिव

काठमाडौं, ३ साउन । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले अनुचित र स्वार्थकेन्द्रित गठबन्धनका कारण जनतामा निराशा छाएको आरोप लगाएकी छन् । ‘हो, जनतामा निराशा छाएको छ । यसको मुख्य कारण वर्तमान गठबन्धन नै हो । हामीले एक महिना सरकारमा बस्दा धेरै काम सुरु गरेका थियौं । आर्थिक हिसाबले मुलुक कसरी जान्छ भन्ने स्पष्ट […]

कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’

काठमाडौं, २ साउन । नेपाली कांग्रेसले नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न ‘घर–घर जाऔं, पार्टी सदस्य बनाऔं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनीक कार्यतालिकामा अभियानबारे समावेश गरिएको छ । ‘संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा […]

माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख

नेकपा माओवादी केन्द्रले सक्रिय सदस्य संख्या देशैभर ८ लाख ५० हजार बनाएको छ । देशैभरबाट सफ्टवेयर र हार्डकपीद्वारा भरिएको पार्टी सदस्य साढे ८ लाख भएपनि यो निर्वाचनमा भने ११ लाख ६२ हजार १२४ मात्रै मत आएको छ । पार्टी सदस्यलाई मात्रै जोड्दा समेत ३ लाख १२ हजार १२४ मात्रै बढी मत आएको छ । एउटा पार्टी सदस्यले मात्रै एक जना मात्रै थपेको भए १६ लाख भन्दा बढी मत आउने थियो ।पार्टी सदस्य भूमिका समेत कमजोर हुँदा  समानुपातिकमा माओवादीको सोचोभन्दा कम मत आएको छ । तर, पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले पार्टीका

प्रवासमा माओवादीका १० हजार पार्टी सदस्य

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले प्रवासमा पार्टीका करिब १० हजार सदस्य रहेको बताएका छन् । उनले प्रवासमा रहेका पार्टी समर्थकलाई संगठित गराउन क्रियाशील रहेको भन्दै पार्टी बनाउन प्रवासमा रहेकाहरुको पनि भूमिका रहने बताए । आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीभित्र कतिपय कमीकमजोरी रहेको भन्दै त्यसलाई सच्याउँदै अघि बढिनुपर्नेमा जोड दिए । उनले पार्टीका ब्लड सेलहरु मरेको भन्दै नयाँ रक्तसञ्चार जरुरी रहेको बताए ।बैठकमा सम्पर्क समन्वय प्

पार्टी सदस्य आबद्ध गर्न सहकारी गठन गर्दै एमाले

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जिल्लाभरका पार्टी सदस्य संगठित गर्न सहकारीको अवधारणा ल्याएको छ। पार्टीले सूर्यरत्न सहकारी स्थापना गरी पार्टी सदस्य आबद्ध गर्ने तयारी गरेको हो।...

पार्टी सदस्य मनोनयनमा पक्षपात नगरेको अध्यक्ष लिङ्देनको स्पष्टोक्ती

काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यहरु मनोनयनको क्रममा कसैलाई पनि पक्षपात नगरेको बताएका छन् । बुधबार नवनिर्वाचित मनोनित पार्टी सदस्यहरुलाई पार्टी कार्यालयमा शपथ खुवाउँदै लिङ्देनले आफुलाई लागेको पक्षपातको आरोप झुट भएको भन्दै निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको स्पष्ट पारेका हुन् । उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै […]

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । पार्टी कार्यालयमा आज (बुधबार) आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताएका हुन् । अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढङ्गले […]

वागमती प्रदेशमा माओवादीका १ लाख ६० हजार संगठित पार्टी सदस्य

नेकपा माओवादी केन्द्रले वागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।उनले यो सहित झण्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य वागमती प्रदेशमा पुगेको बताए ।  त्यस्तै उनले वागमती प्रदेशमा ११८ वटा पालिका अधिवेशन सम्पन्न भएको भन्दै पार्टी केन्द्रको

भक्तपुरमा एमालेको ९ हजारभन्दा धेरै पार्टी सदस्य

नेकपा एमालेको भक्तपुरमा पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ जना रहेको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना रहेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो भूगोलबाट चुनिएर आउनु पर्ने विधानमा व्यवस्था छ । प्रतिनिधि छनोटका लागि बिहीबार देशैभरि एकसाथ मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । २७ गते बिह