चुनाव घोषणा गर्न देउवालाई पार्टीभित्रै चर्को दबाब, इतिहास दोहोर्‍याउलान् कि इज्जत जोगाउलान् ?

स्थानीय तहको निर्वाचन वैशाखबाट नसार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी भित्रैबाट चर्को दबाब परेको छ । संविधान र स्थानीय तह निर्वाचन ऐन अनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले भने गठबन्धनको बैठकमा कानून संशोधन गरेर निर्वाचन सार्ने वातावरण बनाउन सहमति गरेका छन् । पार्टी सभापतिको यो निर्णयको कांग्रेसभित्र चर्को विरोध र असन्तुष्टि व्यक्त भइरहेको छ । गठबन्धन भित्रका दलहरू माओवादी केन्...