तुल्सीपुर : जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले दाङको निर्वाचन क्षेत्र नं. १ बाट तेस्रो लिंगी लमही नगरपालिका-३ मजगाउँकी शिल्पा चौधरीलाई उम्मेदवार बनाएको छ।२०६० सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी चौधरी नेकपा एमाले हुँदै पार्टी विभाजनपछि नेकपा समाजवादीमा गएकी थिइन्। उनी अहिले उक्त पार्टीकी लुम्बिनी प्रदेश कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य र नेपाल थारू संघकी उपाध्यक्ष पनि हुन्। आफूलाई पार्टीले तेस्रो लिंगी भएका कारण नभई पार्टीमा गरेको मेहनत र योगदानका कारण आफूले टिकट पाएको बताइन्।