मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द