भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ […]