पाँच दलीय गठबन्धनले राष्ट्रिय सभामा राम्रो नतिजा ल्याएको छ । त्यसले गठबन्धनमा रहेका दलहरु उत्साहित भएका छन् । यससँगै आगामी चुनावमा समेत यही गठबन्धनलाई निरन्तरता दिने बहस पनि सुरु भएको छ । तर विपक्षी एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी के गर्ने भन्ने अन्यौलमै छन् ।यद्यपी राष्ट्रिय सभा चुनावमा एमाले र लोसपाको गठबन्धन बनेको थियो । सो गठबन्धनबाट प्रदेश १ मात्र एकजना जित्न सफल पनि भए । समग्रमा गठबन्धनले उत्साहजनक नतिजा ल्याएन । अब अगामी चुनावमा यही गठबन्धनलाई कायम राख्ने