कटारीका नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा विपन्न तथा गरिवीको स्वास्थ्य शिक्षामा लगानी

उदरपुरको कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधा वापतको रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । सोमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि कोष स्थापना गर्ने बताए । आफूले पाउने सेवा सुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ । यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावक