छोरा जन्माउने चाहनाले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दो

नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै भएको पाइएको हो।