सल्यान : सल्यानको कालिमाटी गाउँपालिका–७ र्याङका स्थानीय वर्षौंदेखि खोलाको पानी खाँदै आएका छन्। खानेपानीको अन्य स्रोत नभएपछि र्याङका ७५ घरधुरी वर्षौंदेखि खोलाको पानी खान बाध्य भएका हुन्।गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको व्यवस्था नहुँदा खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन्।लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ। स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारम