खसीबोका बिक्री नहुँदा किसान निराश

दसैँमा खसीबोका बिक्री नहुँदा तनहुँका किसान निराश छन् । चाडबाडमा खसीबोका बिक्री नहुने र बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । बाख्रापालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँतिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रबाट खसीबोका लिएर सदरमुकाम दमौली, प्रमुख बजार क्षेत्र डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमाद आइपुगेका किसान आफूले पालेका खसीबोका किन्ने ग्राहक नपाउँदा चिन्तामा परेका हुन् । बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको कृषकले बताएका छन् ।

सम्बन्धित सामग्री

खसीबोका बिक्री भएनन् - NepaliPatra

बेदकोट । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च […]

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ। त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा। शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन्। उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन्। […]

खसीबोका बिक्री नहुँदा किसानको दशैं खल्लो

कञ्चनपुर : जिल्ला सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ। त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्६९ वर्षीय वृद्ध मानसिंह बोहरा। शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन्।उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन्। विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा ।शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् ।विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्