उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्राकृतिक स्रोतको उत्खनन् व्यवस्थित र वैज्ञानिक ढंगले गरिने स्पष्ट पारेका छन् । बजेट वक्तव्यको १९९ नम्बर बुँदामा उल्लेख खानीजन्य निर्माण सामाग्री निर्यात गरी व्यापार घाटा कम गर्ने भन्ने विषयलाई थप प्रष्ट पार्दै उनले कुनै पनि हालतमा वातावरण प्रतिकुल हुने गरी सरकारले कार्य नगर्ने प्रतिबद्धता जनाए ।
‘वातावरणीय प्रभाव मूल्यांकनको दृष्टिकोणले उपयुक्त ठानिएका र खानी तथा भूगर्भ विभागको दृष्टिकोणले उपयुक्त ठानिएका खानीहरूबाट मात्रै उत्खनन गर्ने भनिएको हो’, बुधबार नेपाल वातावरण पत्रकार...