ज्येष्ठ नागरिकको रमाउने थलो पाँचकुने चौतारो

सरकारी पेशाबाट सेवानिवृत्त भएका स्थानीय ज्येष्ठ नागरिकको मुख्य सकृयतामा ज्येष्ठ नागरिक समाज गठन भएको छ ।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक दिवासेवा केन्द्रः पीडा भुलाउने चौतारी

देउखुरी (दाङ): चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा गर्ने तथा रमाउने । उहाँहरु त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्नुहुन्छ र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । बजाउन जान्नेले मादल, खैजडी आदि बजाउने, केहीले […]

सेनाको जागिर छाडेर मौरीपालनमा मोह, 'महको बजारका लागि छैन समस्या'

पाल्पा । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका- ६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन् । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैंचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन् । उनको घरमा हाल मौरीगोलासहित ४० ओटा घार छन् । आफ्नै करीब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे दुई दशक अघिदेखि शुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन् । ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने । गोलासहितको मौरीघार ९ हजार रुपैयाँ, खालीघार ५ हजार रुपैयाँमा विक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो १ हजार १०० रुपैयाँमा विक्री हुने गरेको छ । एक वर्षमा करीब १०० ओटा मौरीघार विक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करीब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन् । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ । मौरीघार (खालीघार), गोलासहित र मह विक्री गरेर उनले एक वर्षमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’ उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा शुरु गरे । स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट विक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने । उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका  छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् । ‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने । कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन् । मौरी प्रवर्द्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन् । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ । ‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ । ‘रासस

एक करोड लगानीमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले नि:शुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रू. एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतवार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा शुरू गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो । उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए । ‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रूपमा उद्यान बनाएका हौंं, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ,’ उनले भने । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरीद गर्न गाउँपालिका अध्यक्ष रोकाले रू. एक लाख र मंगला युवा क्लबले रू. दुई लाख आर्थिक सहयोग गरेका थिए । आइतवार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि आफूहरूले दान गरेको जग्गादाता अधिकारीले बताए । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रू. १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्रहालय भवन बनाउन रू. १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रू. सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले रू. ६० लाखभन्दा बढी लगानी गरेको बताइएको छ । उद्यानलाई हरियालीयुक्त र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मंंगलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन् । रासस

मन रमाउने चौतारी बन्दै मिलन केन्द्र

शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सङ्गीतले वैराग कटाउँदै जुम्लाका ज्येष्ठ नागरिक

जुम्लाका ज्येष्ठ नागरिकहरू सङ्गीतसँग रमाउने गरिरहेका छन्। चन्दननाथ नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा उनीहरू विभिन्न सङ्गीतको तालमा रमाउने गर्दछन्। भजन शैलीमा उनीहरू आफै गाउने, आफै रमाउने, आफै बाजा बझाउने एक आपसमा मनोरञ्जनका साथ

जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष

जुम्ला । जुम्लामा गत माघ अन्तिम साता एक दशकपछिकै बढी हिमपात भयो । बाक्लो हिमपातले चिसो ह्वात्तै बढेको छ । मुटु कमाउने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई चुनौती थपिएको छ । हिउँदको समयमा तुलनात्मक रूपमा गाउँघरमा स्वास्थ्य समस्या बढी हुन्छ । हिउँ सुगमका लागि रमाउने नाम हो, दुर्गमका लागि काल । यस्तोबेला ज्येष्ठ नागरिक, दीर्गरोघीले […] The post जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.