सर्लाहीमा स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

मलंगवा – सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका-१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे। गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१-०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।