अफगानिस्तानमा तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त भएको घोषणा गरेका छन् । तर अर्कोतर्फ अज्ञात स्थानबाट जारी गरिएको एक सन्देशमा अफगानिस्तानका उप राष्ट्रपति अमरुल्लाह सालेहले राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेपछि अब आफू अफगानिस्तानका कार्यवाहक राष्ट्रपति भएको बताउँदै अहिले नै युद्ध समाप्त नभएको बताएका छन् । काबुलमाथि नियन्त्रण जमाएपछि मंगलबार आफगान तालिबानका प्रवक्ताले आफ्नो पहिलो अन स्क्रिन पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलनमा जबीहुल्लाहल