५ लाख गरीब घरपरिवारलाई रू. ५ अर्ब वितरण : कार्यविधि स्वीकृत नहुँदा कार्यक्रम कार्यान्वयन भएन

काठमाडौं । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत नहुँदा ५ लाख घरपरिवारलाई रू. ५ अर्ब दशैंअघि नै वितरण गर्ने सरकारी कार्यक्रम प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो । यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले अर्थमन्त्रीको प्रस्तावलाई पास गर्न सकेन । करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पु¥याए पनि दशैं सकिएको १ हप्तासम्म सरकारले कार्यक्रम लागू गर्न सकेको छैन । दशैंअघि नै कार्यक्रम लागू गरेर रकम वितरण गर्न अर्थमन्त्री शर्माले जोडबल गरे पनि कार्यविधि अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न नचाहेको स्रोतको भनाइ छ । अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन नसक्दा दशैंअघि नै कार्यक्रम लागू गर्न नसकिएको बताए । उनका अनुसार कार्यविधि स्वीकृत हुनासाथ कार्यक्रम लागू हुनेछ । ‘यसबारे मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छौं,’ उनले भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रकम वितरणका लागि सरकारले राष्ट्रिय योजना आयोगको तथ्यांकलाई आधार मान्न खोजेको थियो । तर, योजना आयोगसँग कोभिडपूर्वको मात्रै तथ्यांक छ । कोभिडबाट परेको असरबारे आयोग अध्ययन गर्ने बताउँदै आए पनि अहिलेसम्म ठोस प्रतिवेदन बाहिर ल्याउन सकेको छैन । योजना आयोगले कोभिडअघि गरेको अध्ययनमा आधारित तथ्यांक गतवर्ष कोभिड महामारीको बीचमा सार्वजनिक गरेको थियो । उक्त अध्ययनअनुसार नेपालमा ५० लाख व्यक्ति बहुआयामिक गरीबीको रेखामुनि रहेका छन् । एक परिवारमा न्यूनतम ५ जना सदस्य रहने अनुमानको आधारमा सरकारले गरीबलाई रकम बाँड्ने तयारी गरेको थियो । कार्यविधिमा ५ लाख घरपरिवारका २५ लाख मानिसलाई सहयोग गर्ने लक्ष्य लिइएको थियो । तर, मन्त्रिपरिषद्मा ताजा तथ्यांकमा आधारित भएर मात्रै रकम बाँड्नुपर्ने अर्थात् कोभिडबाट सृजित गरीबीलाई समेत सम्बोधन हुनेगरी कार्यविधि आउनुपर्ने भन्दै मन्त्री शर्माले पेश गरेको कार्यविधिलाई स्वीकृत भएको छैन । अर्थशास्त्री केशव आचार्य हचुवाका भरमा कार्यक्रम सार्वजनिक गरिँदा कार्यान्वयन हुन नसकेको बताउँछन् । उनका अनुसार सरकारले पहिला गरीबको पहिचान गरेर कार्यक्रम घोषणा गरेको भए समस्यै आउने थिएन । यस्तो रकम सरकारले अघिल्लो वर्षको दशैंमा नै दिनुपथ्र्याे । तर, यो दशैंमा दिने भनेर घोषणा गरे पनि नदिनुले गरीबमाथि झन् ठूलो आघात पुगेको उनको बुझाइ छ । बजेट कार्यक्रमै ५ लाख भनिनु नै गलत भएको र यसको मापदण्ड बनाएर रकम वितरण गरिनुपर्नेमा उनको जोड छ ।

सम्बन्धित सामग्री

वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो।

कर्णालीमा नौ प्रकारका छात्रवृत्ति

नौ प्रकारका छात्रवृत्ति वितरणका लागि कार्यविधि स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गरेको हो।

कर्णालीमा ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रमको कार्यविधि स्वीकृत

कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । माध्यमिक विद्यालयमा सञ्चालन गर्ने गरी सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ ।

साना किसानको बैङ्क खातामा मधेश सरकारले सिधै १० हजार पठाइदिने

जनकपुरधाम । मधेश सरकारले साना किसानको बैङ्क खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ । प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदुर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्‍याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ । एक साताअघि मन्त्रिपरिषद्को बैठकले यो कार्यविधि स्वीकृत गरेपछि […]

कार्यविधि नबन्दा स्टार्टअप अभियान अझै आएन कार्यान्वयनमा

काठमाडौं, फागुन ४ । सरकारले गत वर्षकै बजेटमा स्टार्टअप कार्यक्रम ल्याएको थियो । सरकारले गत बर्षको बजेटमै स्टार्ट अफ व्यवसाय प्रवद्र्धनका लागि बीऊ पुँजी उपलब्ध गराउने घोषणा गरेको थियो । तर कार्यविधि नबन्दा अहिलेसम्म यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा नेपाल उद्योग […]

‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन गर्न कार्यविधि बन्दै

काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन प्रक्रिया अघि बढेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी कार्यक्रमको कार्यविधि बन्दै गरेको जनाएको छ। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा-१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने बताएका थिए। मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अ

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधि तयार, बजेटको छैन टुंगो

४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन् ।अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र […]

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान  गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै  प्रदेश सरकार प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा एकीकृत बस्ती विकास कार्यक्रमका साथै ‘प्रदेश निजामति कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७’ को स्वीकृत प्रदान गर्ने निर्