'आँधी तुफान २' साउन २० देखि हलमा

काठमाडौं : नयाँ नेपाली फिल्म आँधी तुफान २ साउन २० देखि प्रदर्शनमा आउने भएको छ। बिहीबार फिल्मको पोस्टरसहित प्रदर्शन मितिको घोषणा गरिएको हो। १५ वर्षअघि प्रदर्शनमा आएको नारी प्रधान एक्सन फिल्म आँधी तुफानको सिक्वेलको रूपमा आँधी तुफान २ बनेको हो। सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा आरती आचार्य, सोनी बिसी र याङशु श्रेष्ठको मुख्य भूमिका रहेको छ। जसको निर्देशन मदन घिमिरेले गरेका हुन्। मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, बिन्दिया