समृद्धि फाइनान्सद्वारा सम्मान

समृद्धि फाइनान्सले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७० वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तीन सय जनालाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।