वडा कार्यालयसहित विद्यालय र सहकारीमा एकैपटक चोरी

पाल्पा : पाल्पामा तीन वटा कार्यालयमा एकै पटक चोरी भएको छ।रैनादेवी छहरा गाउँपालिका–५ मुझुङको वडा कार्यालय र सोही ठाउँमा रहेका कालिका माध्यमिक विद्यालय र मुझुङ कृषि सहकारी कार्यालयमा चोरी भएको हो।वडा कार्यालयबाट १ हजार ६००, सहकारीबाट ४ हजार र विद्यालयबाट ५० हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।यस्तै सोही ठाउँका नेत्रबहादुर कार्कीको पसलमा समेत चोरी भएको छ। ७ हजार नगद र ८ हजारको रिचार्ज कार्ड चोरी भएको उनले बताए। बुधबार राति ताला फोडेर चोरी भएको हो

सम्बन्धित सामग्री

स्कूल ड्रेसमा एकैदिन हराए पोखराका ३ जना बालिका

पोखरा । पोखरामा एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार एकैपटक सम्पर्क […]

म्याग्दीमा एकैपटक ३ ओटा खानेपानी आयोजना शुरू, १०० घर परिवार लाभान्वित हुने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाख रुपैयाँको लागतमा तीन ओटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट १०२ घरका ५११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।  कूल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ रुपैयाँ लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ ओटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए। 'अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,' उनले भने 'संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।' यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ६७ लाख रुपैयाँ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् ।  ४६ लाख ४० हजार ५५४  रुपैयाँ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र रु २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ ओटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।  दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।  गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।  खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ ओटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ ओटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित रू ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ । रासस

करारका कर्मचारी हटाएपछि वृन्दावनका अधिकांश कार्यालय ठप्प

रौतहट : करारका कर्मचारी हटाएपछि रौतहटको वृन्दावन नगरपालिकाका अधिकांश वडा कार्यालयहरूको सेवा ठप्प भएको छ।गत असार ३० गते सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भूजेलले एक विज्ञप्ति जारी गर्दै साउन १ गते देखि करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने बताएका थिए।सो पालिकामा कार्यरत करिब १ सय ६८ जना करारका कर्मचारीलाई एकैपटक हटाएपछि सो पालिका भित्र रहेका स्वास्थ्य, विद्यालय र वडा कार्यालयहरूको सेवा प्रभावित भएको वृन्दावन नगरपालिका वडा नं—२ का वडा अध्यक्ष सिकिन्द्र पटेलले जाकारी दिएक

बागलुङमा एकैपटक गाउँपालिका, विद्यालय र घरमा चोरी

बागलुङ, कात्तिक १० । बागलुङको निसिखोला गाउँपालिका, विभिन्न वडा कार्यालय, विद्यालय र निजी घरमा मंगलबार राति एकैचोटी तोडफोड र चोरी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, ५ वटा विद्यालय र अन्य १९ घरमा तोडफोड र चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । यो सबै घटना एकै […]

मेगा बैंकका तीन काउण्टरको उद्घाटन एकै दिन

मेगा बैंक नेपालले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो ।