नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चलाक समितिमा दुई सदस्य नियुक्त गरिएको छ । वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई सञ्चालकमा नियुक्त गरिएको नेपाल क्लेयरिङ हाउसले जनाएको छ । १४ चैतमा बसेको एनसीएचएलको २०६ औं सञ्चलाक समितिको बैंठकबाट उक्त निर्णय […]

सम्बन्धित सामग्री

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको ब

एनसीएचएलको सञ्चालकमा महेश शर्मा ढकाल र जगदीश दहाल नियुक्त

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सञ्चालक समितिमा वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सञ्चालक पदमा र अधिवक्ता जगदीश दहाल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । मंगलबार बसेको फोनपेको सञ्चालक समितिको बैठकले थापालाई नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी काम गरेको अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’...

फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले थापालाई टेक्नालोजी अफिसरमा नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम पनि गरिसकेका छन् । […]

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाडौँ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सक्नु भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् ।

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा थापा

फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् ।  थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका उनीसँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज

वालेट कम्पनीबिच अन्तरआबद्धता अनिवार्य

काठमाडौं । सर्वसाधारणले एक कम्पनीको मोबाइल बैंकिङ, वालेट वा क्यूआर कोडलगायत विद्युतिय भुक्तानी सेवाबाट अर्को कम्पनीमा पैसा भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूलाई निर्देशन जारी गर्दै एकअर्कामा विना अवरोध कारोबार हुने गरी अन्तरआबद्ध हुन र पहुँच दिन निर्देशन जारी गरेको छ । निर्देशनअनुसार मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडका साथै साना मूल्यका भुक्तानी प्रणाली (रिटेल पेमेन्ट) मा आबद्ध संस्थाहरू ६ महीनाभित्र एकअर्कामा अन्तरआबद्ध हुनुपर्नेछ । निर्देशनअनुसार कम्पनीहरूले एकआपसमा सम्झौता गरी अन्तरआबद्धता कायम गर्न सक्नेछन् । यसरी सम्झौता गर्दा अन्तरआबद्धता कायम गर्दा लाग्ने शुल्क, शुल्कको बाँडफाँट र सम्झौता उल्लंघन गर्दा हुने कारबाही तथा क्षतिपूर्तिको व्यवस्था स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था गरिएको हो । हाल राष्ट्र बैंकबाट अनुमति लिएर १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २७ ओटा भुक्तानी सेवाप्रदायकहरूले सेवा सञ्चालन गरिरहेका छन् । सेवा प्रदायकबीच अन्तरआबद्धता नहुँदा सर्वसाधारणले एकअर्कोबाट पैसा आदानप्रदान गर्न पाएका छैनन् । विद्युतीय भुक्तानी प्रणाली सहज बनाउन नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले मङ्सिरबाट नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको थियो । पेमेन्ट स्वीच सञ्चालनमा आएसँगै वालेट कम्पनीहरूबीच एकअर्कामा अन्तरआबद्धता सम्भव भएको हो । राष्ट्र बैंकका अनुसार हाल मोबाइल बैंकिङमा १ करोड ४१ लाख, इन्टरनेट बैंकिङका ११ लाख ६० हजार र वालेट कम्पनीमा ८८ लाख ८५ हजार प्रयोगकर्ता रहेका छन् । अन्तरआबद्धताले भुक्तानी सेवाका ग्राहकलाई कुनै एउटा प्रणालीको सदस्य भई सोही प्रणालीमार्फत अन्य प्रणालीसँग सूचना आदानप्रदान गर्न एवम् वित्तीय तथा भुक्तानी कारोबारको गर्न र फर्स्योट गर्न सकिने सुविधा प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ । निर्देशनमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायकले अन्तरराष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायिक मापदण्डहरूको पालना गर्नुपर्ने र गर्न नसक्ने स्थितिमा राष्ट्र बैंकको पूर्वस्वीकृति लिएर सेवा सञ्चालन गर्न सक्ने उल्लेख छ । यस्तै अनुमतिपत्रप्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्रप्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियमहरू बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन नपाउने व्यवस्था गरिएको छ । यसैगरी अन्तरआबद्धता गरी पहुँच दिँदा अन्य भुक्तानी प्रणाली वा संस्थाबाट तरलता जोखिम, सञ्चालन जोखिमलगायत प्रणालीगत जोखिम आउने सक्ने देखिएमा वा प्रणालीको सुरक्षामा नकरात्मक प्रभाव पर्ने पर्याप्त आधार देखिएमा अनुमतिपत्रप्राप्त संस्थाले आफ्नो प्रणालीमा तोकिएको समयसम्मका लागि पहुँचमा रोक लगाउन सक्ने सुविधा दिइएको छ । तर, रोक लगाइएको अवस्थामा सोको स्पष्ट आधार र कारण खुलाई सम्बद्ध संस्था र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने उल्लेख छ । बालेट कम्पनीले एजेन्ट राख्न पाउने यसैबीच नेपाल राष्ट्र बैंकले वालेट आधिकारिक प्रतिनिधि नियुक्त गरेर भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । निर्देशन जारी गर्दै राष्ट्र बैंकले आधिकारी प्रतिनिधि र सब एजेन्टमार्फत वालेट, प्रिपेडकार्डमा नगद जम्मा वा भुक्तानी गर्न, रकममान्तर, खाताको विवरण दिन, खाता खोल्न, ग्राहकको विवरण लिनेलगायत काम गर्न पाउनेछन् । तर, यसरी काम गर्दा कुनै प्रकारको अतिरिक्त शुल्क भने लिन नपाउने व्यवस्था गरिएको छ ।

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा मानन्धर

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त भएका छन् ।कम्पनीको १६९औं सञ्चालक समितिको बैठकबाट मानन्धर सर्वसम्मत अध्यक्ष भएका हुन् । मानन्धरलाई नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले शपथग्रहण गराएकी छिन् ।नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक÷एक जना […]