उपत्यकामा यिनीहरूलाई लाग्ने छैन जोरबिजोर

काठमाडौं : काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ पत्रकारका सवारीसाधन‚ एम्बुलेसन्सलगायतलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ।उपत्यकाका तीनवटै जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। स्थानीय प्रशासनले उपत्यकामा कोभिड-१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु हुने निर्णय गरेको छ।सञ्चारकर्मीको हकमा सूचना तथा प्र

सम्बन्धित सामग्री

सार्वजनिक यातायातको जोर बिजोर हट्यो, विद्यालय माघ महिनाभरि बन्द

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा लागु गरिएको जोर बिजोर प्रणाली हटेको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा लागु गरिएको जोरबिजोर प्रणाली आज शुक्रबार राती देखि नै लागु हुने गरि हटाउने निर्णय गरेका हुन् ।  ३ वटै जिल्ला प्रशासन कार्यालयले यसबारे नयाँ आदेश जारी गरिसकेका छन् । यस संगै अब सार्वजनिक यातायातमा जोर बिजोर लाग्ने छैन । तर उनीहरुले सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाउने छैनन् । यस अघि आज नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । सार्वजनिक सवारीमा जोर बिजोर हटे पनि निजि सवारी, र ट्याक्सीमा भने यो नियम लागु नै रहने छ । त्यस्तै जिल्ला प्रशासन कार्यलयले विद्यालयको भौतिक पठन पाठन माघ महिना भरि बन्द गर्ने निर्णय गरेको छ । तर खोप लगाउन भने विद्यारतीलाई विद्यालय बोलाउन सकिने छ ।

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...