वैशाख ९ गतेदेखि एसईई गर्ने तयारी

काठमाडौं (अस) । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने भएको छ । बोर्डले बुधवार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । बोर्डले परीक्षाको समयतालिका भने बिहीवार सार्वजनिक गरिने बताएको छ । बोर्डले परीक्षार्थीलाई दुई महीना पढ्न समय दिने गरी परीक्षाको समयतालिका सार्वजनिक गरिने जानकारी दिएको छ । यसअघि नियमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो। कोरोना महामारीका कारण पाठ्यक्रम अझै अधुरो रहेकाले समय सारेर वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो । कोरोनाका कारण विगत २ वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरेर प्रकाशित गरिएको थियो ।

सम्बन्धित सामग्री

एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नत...

एसईई शुरु, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी

वैशाख ९, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रवारदेखि शुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा मुलुकभर २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना विद्यार्थीले सहभागी भएका छन् । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ गरी कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी छन् ।          कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको उक्त परीक्षाको नतिजा भने साउन महीनाअघि नै सार्वननिक गर्ने तयारी छ । साउन १ गते देखि कक्षा ११ को शैक्षिक सत्र शुरु हुन्छ ।  शैक्षिक सत्र २०७६ / २०७७ मा भने बोर्डले विद्यालयकै मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको थियो । यसपालि चाहीं बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले परीक्षा केन्द्रबार्ट परीक्षा दिंदै छन् ।

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

काठमाडौं । आगामी शुक्रबारबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सबै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिले सम्पूर्ण तयारी गरेकाले अब विद्यार्थीले वैशाख ९ गतेदेखि परीक्षा दिन मात्र बाँकी रहेको जानकारी दिए । “सबै तयारी पूरा भइसकेको छ । विद्यार्थीको तयारी...

बैतडीमा एसईईका लागि तयारी तीव्र

बैतडी– बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी तीव्र पारिएको छ। वैशाख ९ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो । इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने […]

वैशाख ९ गतेदेखि एसईई गर्ने तयारी

माघ २६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि  गर्ने भएको  छ। बोर्डले बुधवार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । बोर्डले परीक्षाको समयतालिका भने बिहीवार प्रकाशित हुने गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताएको छ । बोर्डले परीक्षार्थीलाई दुई महीना पढ्न समय दिने गरी परीक्षाको समयतालिका सार्वजनिक गरेको पनि बताएको छ । यसअघि नियमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो । कोरोना महामारीका कारण पाठ्यक्रम अझै अधुरो रहेकाले चैतबाट सारेर वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो । गत दुई वर्ष कोरोनाका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरेर प्रकाशित गरिएको थियो ।

वैशाख ९ बाट एसईई हुने

आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको

यो वर्ष एसईई वैशाख महीनामा गर्ने तयारी

पुस २५, काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख महीनामा हुने भएको छ । यो वर्ष कोरोना महामारीका कारण असार महीनाबाट अध्यापन शुरु भएकाले झण्डै एक महीना ढिलो गरी एसईई लिने तयारी गरिएको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विभिन्न जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएका कारण वैशाखमा एसईई लिने निर्णय गरिएको हो । यस सम्वन्धमा राष्ट्रिय परीक्षा बोर्डले पनि एसईई परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको बताएको छ । उता मन्त्रालयले भने नयाँ शैक्षिक शत्र २०७९ को पठनपाठन वैशाखमै शुरु गर्ने तयारी गरेको छ । यसअघि यमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो ।

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव

गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ । यही जेठ १३ गतेदेखि एसईई र  जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले