नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवालाई भेटेर शुभकामना दिएको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
भेटमा आपूर्ति व्यवस्थामा लागेका निजी क्षेत्रका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपमा प्राथमिकता दिन आग्रह गरिएको उनले बताए ।
‘अर्थतन्त्रमा रहेका समस्याबारे र महासंघको भिजन पेपरबारे उहाँले जिज्ञासा राख्नुभयो र यसबारे सकारात्मक प्रतिक्रिया आयो,’ अध्यक्ष ग...