एमाले र माओवादीको घोषणापत्रः न कार्यकारी प्रमुख, न राष्ट्रवाद !

२१ कात्तिक, काठमाडौं । वाम गठबन्धनले अधिनायकवादी शासन व्यवस्था ल्याउन लागेको कांग्रेस नेताहरुले आरोप लगाइरहेका बेला एमाले र माओवादीले मंगलबार संयुक्त घोषणापत्र जारी गरेका छन् । वाम दलको साझा घोषणापत्रमा संसदीय व्यवस्थाको विकल्प खोज्ने विषय उल्लेख छैन । एमाले र माओवादीले आम चुनावपछि परम्परागत संसदीय प्रणालीको विकल्पमा कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको …