साताको बजार : चार कारोबार दिनमा ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४१ लाख ३४ हजार ६२५ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र दोस्रो बजार खुला भएको थियो । गत साता चार कारोबार दिनमा ५ अर्ब २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको १ करोड ८१ लाख १७ हजार ८१३ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ६० लाख १६ हजार ८१२ कित्ता बढी धितोपत्र कारोबार भएको हो । यो साता बजारका महत्त्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् । कारोबार रकम र कित्तामा वृद्धि भएको यो साता नेप्से परिसूचक पनि २२ दशमलव ७२ अंकमाथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।  यो साता चार कारोबार दिनमा पहिलो कारोबार दिन ४२ दशमलव १४ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिन भने निरन्तर बढेको छ । दोस्रो दिन ४ दशमलव २६ अंक, तेस्रो दिन १६ दशमलव २४ अंक र चौथो दिन ४४ दशमलव ३४ अंक नेप्से परिसूचक बढेको हो ।  सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । यतिबेला बजार लाभांश सिजनका कारण पनि सकारात्मक बनेको बुझाइ ब्रोकरहरूको छ । लामो समय घटेको बजार लाभांशको प्रभावबाट पनि केही माथि जाने विश्वास लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको यही उत्साह नै बजार बढ्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए ।  यतिबेला सरकार पनि बजार विकासको पहलमा लागिरहेको छ । शेयर धितोकर्जाको सीमाबाट प्रभावित बनेको बजारलाई उक्त सीमा हटाएर भए पनि सकारात्मक बनाउने पहलमा सरकारसमेत रहेको देखिन्छ । शेयर धितोकर्जाको १२ करोड रुपैयाँसम्मको सीमा हटाउन वा राख्नै पर्ने भए २५ करोड रुपैयाँसम्म कायम गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमेत लागिपरेका छन् । उनले नेपाल राष्ट्र बैंकसमक्ष शेयर धितोकर्जाको सीमा पुनरावलोकन गर्नका लागि निर्देशन दिइसकेका छन् । यतिबेला राष्ट्र बैंक पनि अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमा लिएर अघि बढेको स्रोतको दाबी छ । ठूला लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्नसमेत शेयर धितोकर्जाको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरूको छ । साथै बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा ब्याजदर घटाएर पूँजीबजार लगानी गर्न प्रोत्साहन गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले गरेका छन् ।  यो साता बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ७४ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण ६९ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो यो साताको कारोबारमा चार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको सर्वाधिक २ दशमलव ३१ प्रतिशत परिसूचक घट्दा होटल तथा पर्यटनको १ दशमलव १३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत र बैंकिङको शून्य दशमलव ६४ प्रतिशत परिसूचक घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक सर्वाधिक ६ दशमलव ७७ प्रतिशत बढेको छ ।  धितोपत्र दोस्रो बजारमा जलविद्युत समूहअन्तर्गत ८२ ओटा कम्पनीहरू सूचीकृत छन् । कम्पनीको हिसाबमा जलविद्युत् समूह अन्तर्गतका सबैभन्दा बढी कम्पनी दोस्रो बजारमा सूचीकृत रहेका हुन् । यो साता जलविद्युतपछि वित्त समूहको परिसूचक सर्वाधिक बढेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ८९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको २ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३३ प्रतिशत, लगानीको १ दशमलव ४४ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत, लघुवित्तको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ९१ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

खुला बजार कारोबार कार्यविधि संशोधन

नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि दोस्रो पटक संशोधन गरेको छ । आइतबार सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि १ पुसदेखि पूर्ण कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ । संशोधित कार्यविधि अनुसार, वित्तीय बजारमा ब्याजदर स्थिरता एवम् तरलताको वाञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गर्नुपर्ने देखिएकाले कार्यविधि संशोधनसहित […]

दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

१९ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो । शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । […]

दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब

१७ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ । यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै […]

कारोबार भएको आधाघण्टामा शेर बजार २२.४७ ले लाग्यो उकालो

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको आधि घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२.४७ अंकले बढेको छ। हिजो सोमबार ३२.२२ अंकले उकालो लागेका थियो। तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ। सेयर बजार २२.४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ […]

सेयर कारोबार बजार खुलेको सुरुमै सकारात्मक

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सेयर कारोबारको सुरुवात सकरात्मक देखिएको छ। कारोबार सुरु भएको केही मिनेटमै सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार यो अवधिमा ६.३७ अंकले बढेर नेप्से परिसूचक २ हजार ५ सय ७७.१८ विन्दुमा उक्लिएको छ। सेयर बजार ०.२५ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार छ सय ७७.१८ विन्दुमा उक्लिएको हो। यस […]

स्थिर देखियो शेयर बजार, ७ अर्बको कारोबार

२४ भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन । व्यापार, हाइड्रोपावर, जीवन बीमा र […]

साताको शेयर बजार : ४१ अर्ब ६३ करोडको कारोबार

सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखापर्यो ।साताभर कूल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साता भरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।कारोबार भएको पहिलो दिन अर्थात् मङ्गलबार शेयर कारोबार

बजार खुलेपनि बढेन सुनचाँदीको कारोबार

लामो समयको निषेधाज्ञापछि बजार खुल्दा पनि सुनचाँदीको कारोबार बढ्न सकेको छैन ।सरकारले बार अनुसार गत सातादेखि बजार पसल खुला गरेपनि कारोबार बढ्न भने सकेको छैन । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेकाले आम्दानी नहुँदा कारोबार बढ्न नसकेको हो । बजार खुला भएपनि सुनचाँदीको कारोबार बढ्न नसकेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले […]

सेयर बजार घटे पनि हालसम्मकै उच्च कारोबार

सेयर बजारमा  सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।  २ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो । यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ । कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस

विशाल बजारको धितोपत्र दोस्रो बजार कारोबार फुकुवा

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विशाल बजार कम्पनी लिमिटेड (BBC)को दोस्रो बजार कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको कुनै पनि बार्षिक प्रतिवेदन र