पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्धाको अनुसन्धानमा पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए।