नेपाल–खनाल समूहका सांसदहरु छलफलमा

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमाभित्र कुनै जवाफ नआएपछि आगामी रणनीति तय गर्न सांसदहरु छलफलमा जुटेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । बसेर थप छल...