चकचक गरेको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने एक शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौँडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माविमा कक्षा ७ मा अध्ययनरत अभिनव अधिकारीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई प्रहरीले विद्यालय परिसरबाटै पक्राउ गरेको हो ।