बतास फाउण्डेसनको अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तीनवटा अक्सिजन प्लान्ट बन्दै

बतास फाउण्डेसनको अगुवाइमा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा यही साउन महिनाभित्रै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

सम्बन्धित सामग्री

गण्डकी अस्पतालले फर्काइदियो बतासको अक्सिजन प्लान्ट

२६ वैशाख, पोखरा । सर्वसाधारण र व्यवसायीबाट पैसा उठाएर बतास समूहले किनेको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले फर्काइदिएको छ । चाहिएको बेला जडान नभएको र अहिले आवश्यकता नै नभएको भन्दै अस्पताल …

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश...

नारायणहिटी जग्गा भाडा विवाद : राज्यले अन्याय गरेको बतास अर्गनाइजेसनको जिकीर

काठमाडौं (अस) । नारायणहिटी दरबारको जग्गा भाडा विवादमा मुछिएको बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले राज्यले आफूमाथि अन्याय गरेको जिकीर गरेका छन् । यस प्रकरणमा बाहिर आएका विषयहरू एकपक्षीय रूपमा आएको उनको तर्क छ । साथै आफूले गरेका काम कानूनसम्मत नै रहेको दाबी समेत उनले गरेका छन् । संस्थाका अध्यक्ष बतासले सञ्चारमाध्यममा उठेका प्रश्नहरूबारे बुधवार प्रेस विज्ञप्तिमार्फत संस्थागत अभिव्यक्ति दिएका हुन् । ‘हामीमाथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन अनुरोध गर्छ चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । सरकारसँग भएका सम्झौताहरू गलत भए कानूनअनुसार नै सरकारले भंग गरेमा आफूलाई मान्य हुने अध्यक्ष बतासको भनाइ छ । तर त्यसका लागि कानूनअनुसार क्षतिपूर्ति पाउनुपर्ने दाबी उनले गरेका छन् । नारायणहिटी संग्रहालय क्षेत्रको क्याफेटेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोडभन्दा बढीको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा बतास अर्गनाइजेशनमाथि गैरकानूनी ढंगले आक्रमण गर्ने र भौतिक संरचना समेत नष्ट गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । साथै नारायणहिटी जग्गा भाडा सम्बन्धमा गठित छानबिन समितिले आफूहरूसँग सोधखोज नै नगरी पूर्वाग्रही भएर एकतर्फी रूपमा प्रतिवेदन दिएको अध्यक्ष बतासले बताएका छन् । यसैगरी पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामग्री केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे बाँध निर्माणका सम्बन्धमा पनि बतास अर्गनाइजेसनले आफ्नो धारणा सार्वजनिक गरेको छ । पोखरा उवासंघको ध्यानाकर्षण यसैबीच, आनन्दराज बतास तथा बतास अर्गनाइजेसनसँग जोडिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको पोखरा उद्योग वाणिज्य संघले बताएको छ । संघको सदस्य प्रतिष्ठान होटल आनन्दका सञ्चालक बतासले नारायणहिटी दरबारमा रेस्ट्रो सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधि राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको संघको ठहर छ । ‘राज्य स्वयंले टेन्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरूप निजीक्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप/प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ छ,’ संघद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सरकारले गरेका गतिविधिले निजीक्षेत्रको मनोवल गिराउने काम मात्रै गरेको छैन, आफैले गरेका निर्णय लत्याउने एवं कानूनी राज्यको खिल्ली उडाउने काम भएको छ ।’ यस्ता गतिविधि तत्काल रोक्न, कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन र व्यवसायीको सम्पत्तिमाथि पुर्‍याइएको नोक्सानीको क्षतिपूर्ति दिन समेत संघले माग गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ निर्माण समिति गठन

काठमाडौं । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न समिति गठन गरिएको छ । कोभिडसँगै अन्य धेरै प्रकारका बिरामीलाई दीर्घकालसम्म पनि अक्सिजनको आवश्यकता पर्ने भएकाले यसको दिगो व्यवस्थापनका लागि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । यसको लागि बतास फाउन्डेसनले अभियान नै सञ्चालन गरेको छ...