इजरायल-हमास युद्ध जटिल चरणमा : कतार

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरु भयो। ‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भा